विपक्षी दलले उठाएको माग सम्बोधन हुने मुख्यमन्त्री लामाको भनाई

कालिकोट । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले विपक्षी दलले उठाएको माग गम्भीरता साथ लिएको बताएका छन्।सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२र०८३ को बजेटमाथि विपक्षी दलले उठाएको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री लामाले विपक्षी दलहरूले उठाएको विषय वस्तुलाई सरकारले सकारात्मक रूपमा लिएको बताएका हुन्।बजेट विवादका कारण पटक पटक रोकिँदै आएको बैठक बिहीबार दिउँसो सभामुख भुवनकुमार पाठकको संयोजनमा बसेको सर्वदलीय बैठकमा दलहरूबीच सहमति जुटेको थियो। बागमती प्रदेशका ६ दलबीच भएको छलफलमा बजेटमा छुटेका विषयलाई सम्बोधन गर्ने सहमति सँगै बैठक शुरु भएको थियो।

error: Content is protected !!