कालिकोट – चलचित्र विकास बोर्डले सबैभन्दा धेरै कमाउने २५ वटा चलचत्रिलाई सम्मान गरेको छ । बोर्डले २५औं वार्षिकोत्सवको अवसरमा पारेर आज २५ वटा चलचित्रका निर्मातालाई सम्मान गरेको हो ।बोर्डका अनुसार सबैभन्दा धेरै कमाउने चलचत्रि पूर्णबहादुरको सारङ्गी हो । यो चलचित्रले ४३ करोड ८७ लाख रुपैयाँ आम्दानी गरेको छ । यो कमाइ नेपाली चलचित्र इतिहासकै सबैभन्दा धेरै हो ।यस्तै दोस्रो स्थानमा रहेको कबड्डी–४ ले २१ करोड ४० लाख, तेस्रो स्थानमा रहेको १२ गाउँले १९ करोड ९२ लाख, चौथो स्थानमा रहेको छक्का पञ्जा–४ ले १७ करोड ५३ लाख र पाँचौं स्थानमा रहेको जारीले १७ करोड ४८ लाख रुपैयाँ कमाएको छ । यस्तै १६ करोड १० लाखसहित छक्का पञ्जा छैटौं, १५ करोड ६७ लाखसहित महाजात्रा सातौं, १५ करोड २० लाखसहित छक्का पञ्जा–५ आठौं, १४ करोड ७५ लाखसहित कोहिनुर नवौं र १४ करोड ५१ लाखसहित छक्का पञ्जा–२ दशौं स्थानमा छन् ।