कालिकोट । थाइल्याण्डमा जारी आइसीसी महिला टी–२० विश्वकपको एशिया छनोट अन्तर्गत नेपालले आज हङकङ चाइनाविरुद्ध खेल्दैछ।नेपाली समय अनुसार यी दुई टोलीबीचको खेल थाइल्याण्डको एशियन इन्टिच्युट अफ टेक्नोलोजी ग्राउन्डमा बिहान सवा १२ बजेदेखि सुरु हुनेछ।जारी प्रतियोगिताको पहिलो खेल हङकङ चाइनाविरुद्ध वर्षाले रद्द भएपछि अंक बाँडेको नेपालले दोस्रो खेलमा बहराइनलाई पराजित गरेको थियो।नेपालले अर्को खेल मे १५ मा बहराइनसँग खेल्ने तालिका रहेको छ। कुल ९ देशको सहभागिता रहेको नेपाल नेपाल समूह सी मा रहेको छ।