प्रथम मुख्यमन्त्री शाहीद्धारा पादमघाट मेलाको उद्द्घाटन ।

कालिकोट । प्रथम मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले पादमघाट मेलाको उद्द्घाटन गरेका छन् । समाज कल्याण युवा मञ्च पादमघाटले मेलाको आयोजना गरेको हो । महावै गाउँपालिकाको पादमघाटमा शुक्रवारबाट सुरु भएको उक्त मेलामा विभिन्न साँस्कृतिक कार्यक्रम सहित खेलकुद प्रतियोगिताहरु हुनेछन । मेलामा जिल्ला भरका खेलाडीको सहभागीता छ । वषौं पहिला देखी चल्दै आएको मेलाको संरक्षण तथा खेलकुदको विकासका लागि मेला आयोजना गरीएको आयोजकले बताएको छ ।
उद्घाटन कार्यक्रममा समाज कल्याण युवा मञ्च अध्यक्ष अलि बहादुर सिंहको अध्यक्षता, कर्णाली प्रदेश सरकारका प्रथम मुख्यमन्त्री तथा प्रतिनिधि सभा सदस्य माननिय महेन्द्र बहादुर शाहीको प्रमुख आथित्यता तथा नेकपा एमालेका नेता एवं पुर्व भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही,जिल्ला समन्वय समिति प्रमुख धनजीत शाहीको विशेष आथित्यता रहेको थियो भने गाउँपालिका अध्यक्ष खेम बहादुर सिंह ,उपाध्यक्ष दानसिंह सेजुवाल,सम्पर्ण क्रियासील रानितिकदलका प्रमुख तथा प्रतिनिधि,कर्मचारी,स्थानियवासी लगाएतको उपस्थिति रहेको थियो । यस्तै मेला अवधि भर एभरेष्ट वायरलेस नेटवर्कले निसुल्क इन्टरनेट सेवा प्रदान समेत गरेको छ । 

error: Content is protected !!