सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्ने

कालिकोट । राष्ट्रिय सभाअन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दैछ। बैठक बिहान १० बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्ने तय भएको छ।बैठकमा जेनजी आन्दोलनको क्रममा सिर्जना भएको असामान्य परिस्थितिमा नेपाल सरकारले अवलम्बन गरेको सार्वजनिक खर्च व्यवस्थापन, खर्च कटौतीका आधार एवं मापदण्डबारे छलफल हुने कार्यसूचीमा उल्लेख छ।

error: Content is protected !!