कालिकोट । प्रहरीले नेपाल ट्रस्टका पूर्व सहसचिव लेखबहादुर कार्कीलाई पक्राउ गरेको छ।दरबारमार्गस्थित ट्रस्टको जग्गा लिज सम्झौता बारे अनुसन्धान गर्दा उनले जग्गा भाडामा दिँदा ट्रस्टलाई हानी हुने गरी सम्झौता गरेको पाइएको सिआइबीले जनाएको छ।उनीमाथि प्रहरीले ठगी, आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक शिवकुरमा श्रेष्ठले जानकारी दिए।
उनी ६६ वर्षीय कार्की अवकाश प्राप्त सहसचिव हुन्।





