ईकोहिमालले पुरा ग¥यो गल्वाल कृषक समुहको तरकारी उत्पादन गर्ने सपना ।

कालिकोट । अछामको ढकारी गाउँपालिका–६ गल्वालका स्थानियहरु तरकारी खेति गर्न पाउँदा खुसी भएका छन् । बषौँदेखि खानेपानी जोहो गर्न घण्टौँ टाढा पुग्नुपर्ने तथा खोला खोल्साहरुमा धाउनु पर्ने गाउँका बासिन्दा ईकोहिमाल नेपालले पाईप उपलब्ध गराएर घर घरमा खानेपानि पाय पछि खुसी भएका हुन् । गल्वाल गाउँका बासिन्दाले वषौँदेखि खानीपानीको समस्या झेल्दै आएका थिए । गल्वाल कृषक समुहका अध्यक्ष समेत रहेका स्थानीय बिर बहादुर थापाले बषौँैँदेखि खानेपानीको समस्या हल भएकोमा ईकोहिमाललाई धन्यावाद दिए ।

बषौँैँदेखी घण्टौँ लगाएर खोला खोल्साबाट पानी भरेर उपभोग गरिरहेको यहाँको बासिन्दाले ईकोहिमाल आएसगैँ घरघरमा धारा आउँदा आफूहरु खुसी भएको उनले बताए । उनका अनुसार यसअघि यहाँ प्रत्येक घरमा भाडा माझेर जम्मा भएको पानिले सानो वारीमा तरकारी खेति पर्ने अवस्था रहेका थियो । उनले भने, पानिको व्यवस्था भए संगै “पहिला जस्तो तरकारी किन्न टाढा टाढाको वजार धाउनु पर्ने बाध्यता हटेको छ, टमाटर किन्न घण्टौँ हिडेर सदरमुकाम धाउनु पर्ने हुन्थ्यो तरकारी खान त के देख्न पाइन्थेन पानीको धारा घर आगमनै आएपछि कृषक समुहले अहिले प्रसस्त टमाटर,काउली,वन्दा सहित विभिन्न तरकारी उत्पादन गर्ने गरेको छ ।

” वर्षौदेखि आफूहरुले पहल गरिरहेपनि ईकोहिमाल आएसँगैँ व्यवसायिक तरकारी खेति गर्ने सपना पूरा भएको उनको भनाइ छ । उक्त खानेपानिको समस्या समाधान गर्न ईकोहिमालले ३ हजार ६ सय मिटर पाइप उपलब्ध गराएको हो भने स्थानियहरु मिलेर श्रमदानमा काम गरेका हुन । गाउँमा खानेपानीको अभाव हटेपछि समयको बचत हुँदा मेलापात घरधन्दा गर्नसमेत सजिलो हुन थालेको स्थानीयवासीको भनाइ छ । तरकारी खेतिलाई थप व्यवस्थित बनाउन त्यहाँ सिंचाइ खोखरीको समेत निमार्ण गरीएको छ ।

ईहोहिमाल नेपालको रु १ लाख ढकारी गाउँपालिका कृषि शाखाको रु १ लाख र स्थानियहरुको श्रमदानमा निर्माण कार्य सम्पन्न भएको कृषक समुहका सचिव सुनेन्द्र बहादुर साँउदले बताएका छन् । मोटरबाटो पुगेको गाउँमा सिंचाइ पोखरी निर्माण पछि व्यवसायी तरकारी खेती गर्न समेत स्थानीयवासीलाई सहज भएको सचिव साँउदको भनाइ छ ।

error: Content is protected !!