कालिकोट । जिल्लाको महाबै गाउँपालिकामा संचालन हुने पादमघाट मेला कार्तिक २७ देखी शुरु हुनेभएको छ । समाज कल्याण युवा मञ्च पादमघाटको आयोजना मेला संचालन हुन लागेको हो । समाज कल्याण युवा मञ्चका अध्यक्ष अली बहादुर सिंहले २०५६ सालदेखि निरन्तर मेला संचालन गर्दै आएको बताउँदै खेल र साँस्कृतिक क्षेत्रमा रहेको सम्भावनाहरूलाई उजागर गर्न मेला फलदायी हुने विश्वास गरिएको बताए । मेलामा राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको बेजोड प्रस्तुती रहनुका साथै विभिन्न खेलकुद प्रतियोगिताहरु समेत संचालन हुने आयोजकले बताएको छ । उक्त मेलामा सवैको गरीमामय उपस्तितिका लागि अध्यक्ष सिंहले अपिल गरेका छन् ।





