कालिकोट । ‘सुनामी तयारीमा लगानी गरौँ’ नाराका साथ आज जापानलगायत तटीय मुलुकहरूमा सुनामी सचेतना दिवस मनाइँदै छ।सुनामी जोखिम न्यूनीकरणका लागि पूर्वतयारी र सामूहिक जिम्मेवारीलाई यो दिवसले जोड दिएको छ। समुद्रभित्र ठूलो भूकम्प, ज्वालामुखी विस्फोट वा समुद्री भूस्खलनका कारण उत्पन्न हुने विशाल छालहरूको शृङ्खलालाई सुनामी भनिन्छ।संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१६ देखि हरेक वर्ष नोभेम्बर ५ लाई विश्व सुनामी सचेतना दिवसका रूपमा मनाउन प्रारम्भ भएको हो।जापानको प्रस्तावमा सुरु गरिएको यो दिवसले सुनामी जोखिम न्यूनीकरणका लागि नवीन अभ्यास र ज्ञान आदानप्रदानलाई जोड दिँदै आएको छ।





