कालिकोट । प्रधानमन्त्री सुशीला कार्कीले सबै मन्त्रालयको ब्लु प्रिन्ट तयार पार्न निर्देशन दिएकी छिन्।आज सिंहदरबारमा मन्त्रीहरू र मुख्यसचिवसहित सबै सचिवहरूलाई राखेर प्रधानमन्त्री कार्कीले यस्तो निर्देशन दिएकी हुन्।उनले जेनजी आन्दोलनको मर्म र भावनाअनुसार काम गर्न र नागरिकले प्रत्यक्ष अनुभूत गर्नेगरी सेवा प्रवाहमा लाग्न पनि निर्देशन दिएकी छिन्।उक्त बैठकमा सचिवहरूले मन्त्रालयका काम कारबाहीबारे जानकारी दिएका थिए। प्रधानमन्त्रीले सरुवा(बढुवा पारदर्शी बनाउन, सार्वजनिक खर्चमा मितव्ययी अपनाउन, अर्थ मन्त्रालयले जारी गरेको परिपत्र कडाइका साथ पालना गर्न पनि आग्रह गरेकी छिन्।





