कालिकोट । जिल्लाको महावै गाउँलिकामा चौथो अध्यक्ष कप प्रतियोगिता कार्तिक ११ गतेदेखि हुने भएको छ । गाउँपालिकाको आयोजनामा हुने पालिका स्तरिय महिला भलिबल तथा वडा स्तरिय खुल्ला भलिवल प्रतियोगितामा थुप्रै खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा भाग लिन गाउँपालिका सवै वडालाई जानकारी गरिएको गाउँ खेलकुद समिति अध्यक्ष निरक सिंहले बताएका छन् ।
अध्यक्ष सिंहका अनुसार प्रतियोगितामा खुल्ला पुरुष भलिबल तर्फ विजेता टोलीले ५५ हजार ५ सय ५५ र उपविजेता टोलीले ३३ हजार ३ सय ३३ नगदका साथै ट्रफी, मेडल र प्रमाणपत्र तथा महिला भलिबल तर्फ पनि ५५ हजार ५ सय ५५ र उपविजेता टोलीले ३३ हजार ३ सय ३३ नगदका साथै ट्रफी, मेडल र प्रमाणपत्र पाउने जनाइएको छ । यस्तै अन्य उत्कृष्ट खेलाडी, उत्कृष्ट लिफ्टर र उत्कृष्ट डिफेन्सलाई प्रमाणपत्रको ब्यवस्था गरीएको आयोजकले जानकारी दिएको छ ।
गाउँपालिकाको वार्षिक कार्यक्रम अनुसार हरेक वर्ष अध्यक्ष कप प्रतियोगिता सञ्चालन हुँदै आएको गाउँपालिकाका अध्यक्ष खेम बहादुर सिंह(भिजन)ले बताए । उनका अनुसार अध्यक्ष कपले समग्र गाउँपालिकामा खेल क्षेत्रको विकासका साथै खेलाडी उत्पादनमा सहयोग मिल्ने विश्वास गरिएको छ । प्रतियोगिता गाउँपालिकाको वडा नं ६ पान्तडी रानिपाटामा संचालन हुने छ ।





