कालिकोट । जिल्लाको महावै गाउँपालिकामा लागु पदार्थ तथा दुर्व्यशन सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । महावै गाउँपालिका र ईकोहिमाल नेपालको संयूक्त आयोजनामा स्थानिय युवाहरुलाई लक्षित गरी आयोजित एक दिने लागु पदार्थ तथा दुर्व्यशन सम्बन्धि जनचेतनामुलक कार्यक्रम आयोजना गरीएको हो । बलिदान वहुउद्देशिय सहकारी संस्थाका अध्यक्ष दिर्ध बहादुर शाहीको सभाअध्यक्षतामा संचालन भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष खेम बहादुर सिंहको प्रमुख आतिथ्यता,वडा अध्यक्ष ईकोहिमाल नेपालका कर्मचारी तथा स्थानिय युवा युवतिहरुको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा अधिबक्ता खडानन्द चौलागाईले प्रशिक्षण दिएका थिय । कार्यक्रमको मुख्य उद्देश्य युवाहरूलाई लागुऔषध तथा कुलतका बारेमा जानकारी गराउँदै सचेत गराउनु तथा सभ्य समाजको निर्माण गर्नु रहेको ईकोहिमाल नेपालका कर्मचारी गौरव राइले बताएका छन् । कार्यक्रममा लागू पदार्थले व्यक्तिको सामाजिक क्षेत्रमा पुगाउने असर, मनोसामाजिक समस्या, लागू पदार्थ दुर्व्यशनका कारणहरु, बर्तमान समयमा लागु औषध प्रयोग कर्ताको अवस्था लागएतका वारेमा जानकारी गरीएको थियो ।

अन्तमा सहभागिहरूले लागुऔषध दुर्व्यशनमा आफु नफस्ने र अरुलाई पनि फस्न नदिने प्रतिबद्धता गरेका थिए ।





