टी–२० विश्वकप छनोटको उपाधि जित्न सामो आसँग खेल्दै नेपाल ।

कालिकोट । ओमानमा जारी टी–२० विश्वकप एसिया एन्ड इएपी छनोटको उपाधिका लागि आज नेपालले सामोआसँग खेल्दैछ। ओमानको अल अमिरत क्रिकेट ग्राउन्डमा शुक्रबार अपराह्न सवा ४ बजे नेपाल र सामोआबीचको खेल हुनेछ। दुवै टिमले प्रतियोगिताको आफ्नो अन्तिम खेल खेल्दैछ। समूह चरणमा जापान र कतारलाई पराजित गर्दै शीर्ष ६ मा पुगेको नेपालले शीर्ष ६ मा बलियो प्रतिद्वन्द्वी युएई र ओमानलाई पराजित गरेको थियो। अंक तालिकामा नेपाल ८ अंकसहित शीर्ष स्थानमा छ। दोस्रो स्थानको युएईले सबै खेल खेलिसकेको छ। उसको ६ अंक छ। एक खेल कम खेलेको ओमान पनि ६ अंकसहित तेस्रो स्थानमा छ। उसले आज अन्तिम खेल जापानसँग खेल्नेछ ।

error: Content is protected !!