बागमती प्रदेशको रिक्त सभामुख पदमा मुख्य ३ दलको दाबी ।

कालिकोट । बागमती प्रदेश सभाको रिक्त सभामुख पद परिपूर्तिको तयारीमा सरकार लागेको छ । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र सत्ता साझेदार दल नेकपा एमालेबीच सभामुख चयनका विषयमा औपचारिक संवाद भएको छ । जेनजीहरुको आन्दोलन चर्किएकै समयमा २४ भदौमा सामाजिक सञ्जालबाट राजीनामा घोषणा गरेका सभामुख भुवनकुमार पाठकले १ असोजमा उपसभामुख अप्सरा चापागाईंलाई राजीनामा पत्र बुझाएपछि उक्त पद रिक्त छ । जेनजी आन्दोलनपछि प्रदेश सभा सञ्चालनको टुंगो पनि लागेको छैन् । प्रदेश सभा सचिवालय र संसद भवन आगलागीले क्षतिग्रस्त भएपछि प्रदेश सभा कहाँबाट सञ्चालन गर्ने भन्नेमा सरकार अन्य देखिएको छ । यद्यपि, अस्थायी रुपमा दिपावली पर्व अगाडि नै प्रदेश सभा सञ्चालन गर्ने तयारीमा सरकार देखिएको हो ।

शुक्रबार हेटौंडामा भएको कांग्रेस र एमाले संसदीय दलको संयुक्त बैठकमा प्रदेश सभा यथाशीघ्र सञ्चालन गर्नुपर्ने विषय उठेको आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले जानकारी दिए । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले पनि प्रदेश सभा सञ्चालनको माग राख्दै आएको छ । प्रदेश सभा बैठक बसेको १५ दिनभित्र सभामुख चयन गरिसक्नुपर्ने कानुनी व्यवस्था गरेकाले सरकारले नयाँ सभामुख चयनमा पनि तदारुकता देखाएको हो । सभामुखमा सरकारको नेतृत्व गरिरहेको कांग्रेसले दाबी गरिसकेको छ ।

error: Content is protected !!