चरिकोट–खाडीचौर सडक खण्डमा बस दुर्घटना हुदा २१ जना घाइते ।

कालिकोट । सिन्धुपाल्चोकको चरिकोट– खाड़ीचौर सडक खण्डमा बस दुर्घटना भएको छ । सिन्धुपाल्चोकका प्रहरी प्रमुख रामेश्वर कार्कीका अनुसार चरिकोट–खाडीचौर सडक खण्डको सुनकोशी–७ पाँचकिलोमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । रामेछापको खाडादेवी गागलभदौरे ८ बाट चरिकोट हुँदै काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३–००१ ख २५२१ नम्बरको बस अनियन्त्रित भई सडकको भित्तामा ठक्कर खाएर दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरी चौकी लामोसाँघुबाट अशोक महतोको नेतृत्वमा ट्राफिक सहित गएको टोलीले घटनास्थल पुगेर चालक, ३ जना नाबालक समेत गरी २१ जना घाइतेलाई उद्वार गरी उपचारका लागि सिन्धु सदाबहार अस्पताल खाडीचौर पठाइएको प्रहरीले जनाएको छ । सबै घाइतेहरूको अवस्था सामान्य रहेको कार्कीले बताए ।

error: Content is protected !!