पहिरो र चट्याङमा परी ज्यान गुमाउनेको सङ्ख्या ६० पुग्यो ।

कालिकोट । गएको शुक्रवार रातिदेखिको वर्षासँगै खसेको पहिरो र चट्याङमा परी देशभर ६० जनाको ज्यान गएको सशस्त्र प्रहरी बलले जनाएको छ । ज्यान गुमाउनेमा १९ पुरुष, २६ महिला र १५ जना नाबालक रहेका सशस्त्र प्रहरी बलका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिनुभयो । इलाममा मात्रै ३७ जनाको ज्यान गएको छ । यसैगरी पाँचथरमा आठ, उदयपुरमा तीन, खोटाङमा दुई र सुनसरीमा एक जनाको पहिरोमा परी ज्यान गएको छ । रौतहटमा तीन जनाको चट्याङ लागेर ज्यान गएको छ । मोरङ, सिन्धुली र महोत्तरीमा एक÷एक जनाको ज्यान गएको छ । यस्तै, सिन्धुपाल्चोकमा एक नाबालकको ज्यान गएको छ भने काभ्रेमा दुई महिलाको शव भेटिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

error: Content is protected !!