खाँडाचक्र नगरपालिकामा दुग्ध संकलन केन्द्र स्थापना ।

कालिकोट । जिल्लाको खाँडाचक्र नगरपालिकामा वडा नं ३ सियाँलामा दुग्ध संकलन केन्द्र स्थापना गरिएको छ । खाँडाचक्र नगरपालिका स्थित पार्वती नयाँ परिवर्तन बागबानी कृषक समुहद्वारा दुग्ध संकलन केन्द्र स्थापना गरिएको हो । शनिवार उक्त दुग्ध संकलन केन्द्रको उद्घाटन खाँडाचक्र नगरपालिकाका पुर्व प्रमुख जसी प्रसाद पाण्डेले गरे ।

केन्द्रको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका पुर्व प्रमुख पाण्डेले दुध बिक्री कार्यलाई व्यावसायिक बनाएर स्थानीय नागरिकको जीवनस्तर उकास्न यो दुध संकलन केन्द्र महत्वपूर्ण छ’ उनले भने, ‘अबको जमानामा पनि ठेकीमा चार, पाँच लिटर दूध बोकेर सदरमुकाम गएर बेचेर हुन्छ रु सबैको घरमा भएको एकै ठाउँमा जम्मा पारेर दर कायम गरेपछि सबैले रोजगारी पाउँछन्, दूधले मूल्य पाउँछ ।’ उनले देश आर्थिक संकटउन्मुख रहेको उल्लेख गर्दै त्यो संकट टार्न कृषि उत्पादनमा जोड दिनुपर्ने समेत बताएका छन् । एकै गाउँका धेरै जना किसानले पशुपालन गर्ने गरेको कुराले आफू उत्साहित भएको भन्दै यसलाई अझै फराकिलो बनाउनुपर्ने कुरामा उनले जोड दिएका छन् ।

संस्थाका अध्यक्ष संगबिर पाण्डेका अनुसार भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पशुपन्छी विकास निर्देशनालय पशु अस्पताल तथा पशुसेवा कार्यालय, कालिकोटको दुग्ध प्रर्बद्धन कार्यक्रम अन्र्तगत ५ लाख अनुदान र अनुदानग्राहीहरुको १ लाख ५६ हजार ७ सय ९७ रुपैयागरी कुल ६ लाख ५६ हजार ७ सय ९७ रुपैया लागतमा संकलन केन्द्र तयारी गरिएको छ ।

कार्यक्रममा वडा अध्यक्ष दधीराम पाण्डे, पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख धन बहादुर महत, भुतपुर्व गा।वि।स अध्यक्ष जय प्रसाद पाण्डे, नगर पशुपन्छी विकास शाखा प्रमुख पुर्ण गिरी,हिमचुली कृषि सहकारी संस्थाका मुख्य व्यवस्थापक जगेन्द्र आचार्य जनप्रतिनिधि, राजनितिकका प्रमुख तथा प्रतिनिधि,पत्रकार लगायतको सहभागीता रहेको थियो ।

error: Content is protected !!