बाजुरामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

कालिकोट – बाजुराको हिमाली गाउँपालिका वडा नम्बर ५ मा जीप दुर्घटना हँदा तीन जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा हिमाली गाउँपालिका–५ क्युडीका ३५ वर्षकी जुनेली रोकाया, ७० वर्षका बिजौरा रोकाया र ६५ वर्षका बाँचा रोकाया रहेका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।क्युडी गाउँबाट वडा नम्बर ५ को वडा कार्यालयतर्फ गुडिरहेको जीप टुनीगडामा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य १६ जना घाइते भएका छन् । उनीहरूमध्ये १३ जनाको अवस्था गम्भीर छ ।

error: Content is protected !!