कालिकोट । रुकुम पूर्वमा जङ्गली च्याउ खाँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । जिल्लाको भूमे गाउँपालिका(५ सेराबाङका तीन वर्षीय योजन विक र छ वर्षीया भाग्यरेखा विकको मृत्यु भएको हो ।योजनको मङ्गलबार दिउँसो र भाग्यरेखाको मङ्गलबार राति राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ । सोही परिवारका अन्य दुई जना भने गम्भीर घाइते छन् । मृतकका आमा ३५ वर्षीया रामकुमारी सुनार र उहाँकी छोरी नौ वर्षीया आयुषा विकको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ ।