कालिकोट । भेरी नदीमा गएराति टिपर खस्दा तीनजना बेपत्ता भएका छन्।जाजरकोटको नलगाड नगरपालिकाको दल्लीबाट जाजरकोटकै रिम्नातर्फ आउँदै गरेको भेरी करिडोरको काम गर्दै आएको यती विल्डर्सको रा१क १५०१ नम्बरको टिपर रुकुम पश्चिमको आठबीसकोट( १४ पिपलचौरस्थित भेरी नदीमा खसेको इलाका प्रहरी कार्यालय रिम्नाका प्रहरी नायब निरीक्षक शिवकुमार चौधरीले जानकारी दिए। उनका अनुसार टिपरमा चालकसहित तीनजना सवार थिए। उनीहरुको अवस्था अज्ञात छ।बेपत्ताको खोजीमा रुकुमपश्चिम र जाजरकोटको प्रहरी टोली परिचालन गरिएको प्रहरी नायब निरीक्षक चौधरीले बताए।