पूर्वराष्ट्रपति भण्डारीलाई एमालेमा फर्कीन नदिने एमालेको निर्णय

कालिकोट । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा आउन रोक्ने निर्णय गरेको छ।मंगलबार मध्यरातमा सकिएको बैठकमा एमालेले भण्डारीको सदस्यता नवीकरण गर्न नसकिने निष्कर्ष पनि निकालेको हो।योसँगै पूर्वराष्ट्रपति राजनीतिमा फर्किने निर्णयमा एमालेले ढोका बन्द गरिदिएको हो। अब उनीसँग चूपचाप एमाले निर्णय स्वीकार्ने वा यसलाई एक हदसम्म अवज्ञा गर्ने दुई विकल्प बाँकी रहेको छ।एमालेको केन्द्रीय कमिटीको बैठकले राष्ट्रपति एकताको प्रतीक भएकोले दलको कार्यकर्ता हुन आउन नहुने निष्कर्ष निकालेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बैठकपछि जानकारी दिए ।केन्द्रीय कमिटी बैठकका निर्णय सुनाउँदै गौतमले पार्टीको उक्त निर्णयमा उपाध्यक्षहरू सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली तथा स्थायी कमिटी सदस्य कर्ण थापाले असहमति जनाएको जानकारी दिए।

 

error: Content is protected !!