कालिकोट । चितवन राष्ट्रिय निकुञ्जबाट मानवबस्ती पसेको बाघलाई नियन्त्रणमा लिइएको छ।आइतवार साँझ ७ बजे बस्तीमा पसेको बाघलाई आज साँझ बजेतिर नियन्त्रणमा लिइएको हो।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार भरतपुर महानगरपालिका–२७ बुद्धनगर झाडीमा देखिएको बाघलाई डार्ट गरेर नियन्त्रणमा लिइएको छ।निकुञ्ज प्रशासन, नेपाली सेना र नेपाल प्रहरीको सक्रियतामा बाघलाई नियन्त्रणमा लिइएको हो।