चितवनमा बोलेरोको ठक्कर बाट एक जनाको मृत्यु

कालिकोट । चितवनको खैरहनी नगरपालिकामा सवारीसधानको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ। प्रहरीका अनुसार पर्साको वीरगञ्ज महानगरपालिका(११ का ३१ वर्षीय राम अवतारको ज्यान गएको हो।जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार गएराति खैरहनी नगरपालिका–१ शाहीचोकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना३च ६६१० नम्बरको बोलेरोले पैदलयात्रीलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते अवतारको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा गएराति नै मृत्यु भएको हो।

error: Content is protected !!