कालिकोट । इकोहिमाल नेपालद्धारा कालिकोटमा १० हजार बर्खे फलफूलका विरुवा वितरण गरीएको छ । आफ्नो परियोजना लागु गरेको खाँडाचक्र नगरपालिका र महावै गाउँपालिकाका किसानलाई निःसुल्क फलफूलको बिरुवा वितरण गरेको हो । इकोहिमाल नेपालले व्यावसायिक फलफूल खेतीप्रति किसानको आकर्षण बढाउन विभिन्न समयमा फलफूलका विरुवा वितरण गर्ने गरेको छ ।
“घरको आँगन, बारीमा बिरुवा लगाई फलफूलको उपभोगमा वृद्धि गराउन बिरुवा वितरण गरेका हौँ” इकोहिमालका सह–परियोजना अधिकृत बालकृष्ण श्रेष्ठले बताए । दुई वटै स्थानिय तहमा सुन्तला १ हजार ४ सय ५१, कागति १ हजार ६ सय ५८, देवदार २ हजार ५ सय, भेतीबेर १ हजार आँप ३ सय ५८, लिचि १ सय ७४, टिमुर ६ सय ५९, बुद्धचित्र ३ सय ९८, एभोकाँडो ४ सय ५७, मोरीङ्गा १ सय ४१, नेपियर २ सय ५५, कफी २ सय १, मेकोडेमिया ४ सय ५७, कटहर ५३, लप्सी ७२ अनार ६८, रुद्धाक्ष ४०, लुवाङ १०, अम्बा १०, गरी करीब १० हजार फलफुलका बिरुवा बितरण गरीएको हो ।
किसानलाई अन्नबालीसँगै फलफूलतर्फ पनि आकर्षित गर्ने योजना इकोहिमाल नेपालको रहेको श्रेष्ठको भनाइ छ । इकोहिमाल नेपालले ठुलो संख्यामा गत वर्ष पनि फलफूलका बिरुवा वितरण गरेको थियो । किसानहरुले सक्रिएता देखाए यो कार्यक्रम आगामी वर्ष पनि निरन्तर गर्ने इकोहिमाल नेपालले जानकारी दिएको छ । संस्थाको सहयोगले मेहेनत गरेमा फलफूलमा पनि आत्मनिर्भर बन्न सकिन्छ यहाँका कृषकहरुको भनाई छ ।