कालिकोट । भानुजयन्तीको अवसरमा गण्डकी प्रदेश सरकारले आइतबार असार २९० गतेको सार्वजनिक बिदा दिएको छ। गत चैत १२ गते बसेको गण्डकी मन्त्रिपरिषद्को बैठकले पोहर जस्तै भानुजयन्तीको अवसरमा प्रदेशभर रहेका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।राष्ट्रिय विभूति नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यलाई गण्डकीको गौरवको रूपमा लिँदै उनको २१२ औँ जन्मजयन्तीको अवसरमा सार्वजनिक बिदा निर्णय भएको हो। भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन्।विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिएका भानुभक्तलाई घाँसीले राम्रो काम गरेर नाम कमाउनुपर्छ भन्ने अर्ती दिएपछि उनले रामायणलाई नेपालीमा उल्था गरेका हुन्।भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत नेपालको एकीकरण गरेको सम्मान तथा उनी गण्डकी प्रदेशकै भएकाले प्रदेश सरकारले उनको योगदानमा सार्वजनिक बिदा दिएर सम्मान गर्दै आएको छ।