कालिकोट – काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि घाम चर्केको छ । राति पनि सामान्य मात्रै वर्षा भएको छ ।यतिबेला भने पाल्पा र बाँकेमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो भने बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।यस्तै राति कोशी, मधेश र बागमती प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने महाशाखाको अनुमान छ ।