कालिकोट । प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुद क्षेत्रमा वर्तमान सरकारले पर्याप्त ध्यान दिएको बताउनुभएको छ ।विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरूलाई आज सम्मान र पुरस्कार प्रदान गर्दै प्रधानमन्त्री ओलीले अहिले खेलाडीहरूले खेलेरै बाँच्न सक्ने स्थिति बनेको बताउनुभयो । पहिला व्यावसायिक खेलाडी वा सम्पूर्ण रूपमा खेलमै समर्पित खेलाडी हुनसक्ने स्थिति नरहेकोमा अहिले समर्पित खेलाडी हुनसक्ने परिस्थिति निर्माण भएको उहाँले उल्लेख गर्नुभयो ।