यस्तो रहनेछ आज देशभरको मौसम

कालिकोट – अहिले कोशी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार गएराति कर्णाली र सुदूरपश्चिममा अरू प्रदेशको तुलनामा कम पानी पर्‍यो । राति नुवाकोटमा, सिन्धुपाल्चोक, रामेछाममा ठूलो पानी पर्‍यो ।आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ । त्यस्तै आजराति कोशी, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् महर्जनले जानकारी दिनुभयो । दिउँसोको तुलनामा राति ठूलो पानी पर्ने सम्भावना छ ।

error: Content is protected !!