कालिकोट । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीबाट स्पेनको सेभियामा भएको संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’ मा सहभागिता र त्यसक्रममा भएका उच्चस्तरीय भेटघाटले स्पेनसहितका राष्ट्रहरूसँगको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पुगेको स्पष्ट परेको छ।प्रधानमन्त्री ओली स्वदेश फर्किएपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आज आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको यही असार १६ देखि १९ गतेसम्म भ्रमणबाट नेपाल र संयुक्त राष्ट्रसङ्घबीचको सम्बन्ध र सहकार्यलाई थप मजबुत बनाउन मद्दत पुगेको परराष्ट्रसचिव अमृतबहादुर राईले बताए।