कालिकोट । सुर्खेतमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ भने ४ जना घाइते भएका छन्। ज्यान जानेमा सुर्खेत भेरीगंगा न.पा. ८ कुइरे बस्ने २७ वर्षका डिल बहादुर शाही रहेका छन् ।शुक्रबार अपराह्न ३ बजेतिर सुर्खेत भेरीगंगा न.पा. ८ कुइरे भन्ने स्थानमा स्थानीय वीरबहादुर थापाको खेतमा रोपाइँ गरिरहँदा एक्कासि चट्याङ परेको थियो । घाईते हुनेहरुमा सोही स्थानमा बस्ने १७ वर्षका पर्बत बिक, १९ वर्षका हुम बहादुर थापा, १८ वर्षका नबिन बिक र ३० वर्षकी सुनिता गिरी रहेका छन् ।घटना थाहा पाउनासाथ उक्त स्थानमा इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतबाट प्रहरी निरीक्षक पदम बहादुर खत्रीको कमाण्डमा टोली खटिएको थियो।उनको कमाण्डमा १० जना र अस्थायी प्रहरी पोष्ट जहरे सुर्खेतबाट प्रहरी सहायक निरीक्षक खगेन्द्र सुनारको कमाण्डमा ५ जनाको प्रहरी टोली खटेर उपचारको लागि घाइतेलाई मेहेलकुना अस्पतालमा पठाइएको जिल्ला प्रहरी प्रमुख एसपी धिरज शाहीले जानकारी दिए।