कालिकोट । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूले भ्रष्टाचार गरेको प्रमाण प्रस्तुत गरे जुनसुकै बलिदान गर्ने दावी गरेका छन्।पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा शुक्रवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दावी गरेका हुन्। उनले नबिराउनु, नडराउनु भन्ने आफ्नो एउटा मान्यता रहेको बताए। बिराएको छैन भने डराउनुपर्ने कुनै आवश्यकता नरहेको उनको कथन छ।उनले यो धर्तीको कुनै एकजना मान्छेले पनि माधव नेपालले भ्रष्टाचार गरेको छ भनेर तथ्य प्रमाण प्रस्तुत गरे जुनसुकै बलिदान गर्न आफू तयार रहेको घोषणा गरे। आफू सधैँ अनुशासन, नियम, विधिको पालना गर्ने र प्रक्रियालाई सम्मान गर्ने व्यक्ति भएको बताए।