जाजरकोटमा भिरमाथिबाट खसेको ढुङ्गा लागेर दिदीबहिनीको मृत्यु

कालिकोट । जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा टहरामा सुतिरहेका एकै घरका दिदी बहिनीको भिरमाथिबाट खसेको ढुङ्गा लागेर मृत्यु भएको छ।मृत्यु हुनेमा नरबहादुर बुढाका छोरीहरु १८ वर्षीया शर्मिला र १४ वर्षीया चमेली रहेको वडाध्यक्ष वीरबहादुर बुढाले जानकारी दिए।बाख्रा हेरचाहका लागि भूकम्पपीडितका लागि निर्माण भएको अस्थायी टहरामा सुतिरहेका थिए । राति ९ बजेतिर भिर माथिबाट ढुङ्गा खसेर लाग्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष बुढाले बताए।

error: Content is protected !!