मान्ममा रैथाने तथा परम्परागत सीप पर्वधन कार्यक्रम संचालन ।

कालिकोट । जिल्लाको मान्ममा रैथाने तथा परम्परागत सीप पर्वधन कार्यक्रम संचालन भएको छ । सामाजिक विकास कार्यालयको आयोजनामा दूई दिने रैथाने तथा परम्परागत सीप पर्वधन कार्यक्रम संचालन गरीएकोएको हो । जिल्लामा रहेका विभिन्न सिपहरुको पर्बधन गर्न र समुदायमा रहेका जाति तथा व्यक्ति बिशेस सिपलाई प्रयोगमा ल्यायर रोजगारमा जोड्ने मुख्य उद्देश्यले कार्यक्रमको आयोजना गरीएको कार्यालय प्रमुख रछाने लुवारले बताउनु भएको छ ।

परम्परागत तथा रैथाने सीपहरू समयसँगै हराउँदै गएका छन् । यी सीपहरूलाई संरक्षण गरेर आगामी पुस्तामा हस्तान्तरण गर्न दुई दिने कार्यक्रमले सहयोग पुग्ने पनि उहाँले बताउनु भयो । कार्यक्रमा उद्घाटन सत्रमा वोल्दै प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइले विभिन्न रैथाने तथा परम्परागत सीपहरुलाई आधुनिकी करण गरेर कालिगडहरुको जिवन स्थर माथि उकास्न राज्यले विभिन्न प्रयास गरे पनि कतिपय कामहरु प्रभावकारी ढंगबाट अगाडि बढ्न नसकेको बताउनु भयो ।

उहाँले कुनै ब्यक्ति,जाती वा समुदायमा आधारीत नभएर राज्यले समान अधिकार दिने ब्यवस्था समेत गरेकाले पेशा र जाति बिशेसले कोही सानो ठुलो नहुने पनि बताउनु भयो । यस्तै कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला समन्वय समिति प्रमुख धनजित बहादुर शाहीले ‘आधुनिकतासँगै समाजका परम्परागत कुरा नयाँ पुस्ताले भुल्दै गएकाले उनीहरूलाई पुराना कुरा स्मरण गराउँदै आत्मनिर्भर बनाउने गरी अगाडी बढ्नु पर्ने कुरामा जोड दिनुभयो ।

उहाँले भन्नुभयो ‘जति पनि रैथाने सीप तथा संस्कृति छन् तिनिहरुको पर्वधन गरेरमा मात्र यसले मानिसहरूलाई आत्मनिर्भर र समाजको वास्तविकता बुझ्न सघाउँछ । त्यसो भएमा स्थानीय स्रोतको सदुपयोग गर्दै वातावरणमैत्री तथा दिगो विकासमा टेवा दिने प्रमुख शाहीको भनाई छ । कार्यक्रममा जिल्ला भरका स्थानिय तहबाट विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने सहभागिहरुको सक्रिय सहभागिता रहेको छ ।

error: Content is protected !!