रुकुमपश्चिममा श्रीमानले गरे श्रीमतीको हत्या

कालिकोट । रुकुमपश्चिमको चौरजहारी नगरपालिका–३ टाटागाउँमा एक पुरुषले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।३२ वर्षीय चन्द्रबहादुर बुढाथोकीले हिजो राति ३० वर्षीया श्रीमती देविका बुढाथोकीको घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ।घटनापछि चौरजहारी इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक दिपेन्द्र रावतको टोली खटिएको थियो। टोलीले खुकुरीसहित चन्द्रबहादुरलाई नियन्त्रणमा लिएको छ।घटनाको थप अनुसन्धानका लागि प्रहरी नायब उपरीक्षक प्रमेश बिष्टको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयबाट अर्को टोली पनि घटनास्थल पठाइएको छ।स्थानीयका अनुसार श्रीमान्–श्रीमतीबीच समयसमयमा झगडा हुँदै आएको थियो। हिजो राति झगडा भइरहेका बेला चन्द्रबहादुरले खुकुरी निकालेर श्रीमतीमाथि प्रहार गरेका थिए।

 

error: Content is protected !!