पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध

कालिकोट । निरन्तर परेको अभिरल वर्षाका कारण पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कालिकोट जिल्लाको दैखोलादेखि हुल्म बजारसम्मका विभिन्न स्थानमा सडक माथिबाट माटो, ढुंगा र पहिरो खस्दा सवारी आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । घटनास्थलमा इलाका प्रहरी पोष्ट हुल्मबाट प्रहरी निरीक्षक (प्र.नि.) विनोद बुढाको नेतृत्वमा प्रहरी टोली खटिएको छ। टोलीले स्थानीयको सहयोगमा सडक खुलाउने प्रयास जारी राखेको छ ।

error: Content is protected !!