कालिकोट । जिल्लाको रास्कोट नगरपालिकाले “धान बालीमा सघनता, खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने मुल नाराका साथ २२ औँ राष्ट्रिय धान दिवस मनाएको छ । काला शिल्ला माध्यामिक विद्यालयको आयोजना,एवं रास्कोट नगरपालिकाको आर्थिक सहयोगमा २२ औँ राष्ट्रिय धान दिवस मनाइएको हो । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को सिफारिसमा २०६१ मंसिर २९ गतेको मन्त्रीस्तरीय निर्णयबाट असार १५ गतेलाई धान दिवसका रुपमा मनाउन शुरु गरिएको हो । कृषिको परनिर्भरता कम गर्न र किसानलाई हौसला पु¥याउन प्रत्येक वर्ष असार १५ मा धान दिवस मनाइँदै आएको छ । उक्त धान दिवस कार्यक्रममा रास्कोट नगरप्रमुख धर्मराज शाही (पोषण) नगर उपप्रमुख मनिराज बराल, जनप्रतिनिधि ,कृर्षि शाखामा कार्यरत कर्मचारी, नगर स्थीत विभिन्न कार्यलयका प्रमुख तथा प्रतिनिधि,कर्मचारी पत्रकार,तथा कृर्षकहरु लगाएतको उपस्थिति रहेको थियो । आजको दिनलाई दही चिउरा खाने दिनका रुपमा पनि लिइन्छ । उक्त धान दिवशमा धान रोप्दै हिलो छ्याप्दै दिन भरी रमाईलो गरिएको जनाईएको छ।