कालिकोट । जिल्लामा “धान बालीमा सघनता, खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने मुल नाराका साथ २२ औँ राष्ट्रिय धान दिवस खाँडाचक्र नगरपालिका–३ ताडीमा मनाइएको छ । जिल्ला कृषि विकास कार्यालयको आयोजना,एवं पशु अस्पताल तथा पशुसेवा कार्यालय कालिकोटको समन्वयमा २२ औँ राष्ट्रिय धान दिवस मनाइएको हो ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को सिफारिसमा २०६१ मंसिर २९ गतेको मन्त्रीस्तरीय निर्णयबाट असार १५ गतेलाई धान दिवसका रुपमा मनाउन शुरु गरिएको हो । कृषिको परनिर्भरता कम गर्न र किसानलाई हौसला पु¥याउन प्रत्येक वर्ष असार १५ मा धान दिवस मनाइँदै आएको छ ।
उक्त धान दिवस कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख मिना रावत (विश्वकर्मा), नेकपा (माओबादी) केन्द्रका केन्द्रीय सदस्य गंगा खड्का (बोगटी), जिल्ला स्थित सम्पुर्ण सरकारी कार्यालयका प्रमुख तथा कर्मचारी, पत्रकार, कृषकहरु लगाएतको उपस्थिति रहेको थियो । आजको दिनलाई दही चिउरा खाने दिनका रुपमा पनि लिइन्छ । यस्तै जिल्लाका प्रत्येक स्थानिय तहहरुमा पनि राष्ट्रिय धान दिवस भब्य रुपमा मनाइएको बताइएको छ ।