बैदेशिक रोजगार सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

कालिकोट । जिल्लाको खाँडाचक्र नगरपालिकामा बैदेशिक रोजगार सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार “सकेसम्म स्वदेशमै रोजगारी गरौ,बिदेश जाने नै भए सिप सिकेर सुचना लिएर मात्र जाऔ” भन्ने मुल नाराका साथ खाँडाचक्र नगरपालिका रोजगार सेवा शाखाको आयोजनामा जनप्रतिनिधि, विषयगत शाखा, प्रहरी, न्यायिक समिति, पत्रकार तथा सरोकारवालाहरु सग अन्तरक्रिया कार्यक्रम संचालन गरीएको हो । वैदेशिक रोजगारमा जाने युवा तथा युवतीले सबै कुरा बुझेर मात्र वैदेशिक रोजगारमा जानुपर्ने कुरालाई मध्यनजर गरेर कार्यक्रम आयोजना गरेको रोजगार संयोजक बल बहादुर शाहीले जानकारी दिए ।

नगर उप–प्रमुख गणेश बहादुर शाहीको सभाअध्यक्षता संचालन गरिएको कार्यक्रममा नगरप्रमुख कमल बहादुर शाहीको प्रमुख आतिथ्यता,सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्मा, प्रहरी इन्सपेक्टर गोबीन्द्र चौधरी, पत्रकार महासंघ जिल्ला शाखा अध्यक्ष भरतराज बिष्ट, वडा अध्यक्ष,कर्मचारी तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

अन्तरक्रिया कार्यक्रममा प्रमुख शाहीले अहिले वैदेशिक रोजगारीमा जाने युवाहरुले सहि तथ्यांक बुझेर मात्र गए कसैले दुःख नपाउने बताउनुभयो । उहाँले रोजगारीका लागि जानुभन्दा पहिला श्रममन्त्रालयबाट श्रमस्कृति लिएर जान र भरपर्दो तथा विश्वाससिलो मेन पावर बाट मात्र जना सुझाव दिनुभएको छ ।

error: Content is protected !!