खाँडाचक्र नगरपालिकामा न्याय तथा मेलमिलाप सम्बन्धि पुनर्ताजगी तालिम आयोजना ।
कालिकोट । जिल्लाको खाँडाचक्र नगरपालिकामा मेलमिलाप कर्ताहरुको लागी न्याय तथा मेलमिलाप सम्बन्धि पुनर्ताजगी तालिम सुरु भएको छ । खाँडाचक्र नगरपालिका न्यायिक समितिको आयोजनामा सुरु भएको तालिममा न्यायिक समितीका पदाधिकारी तथा सामाजिक मेलमिलापकर्ताहरुलाई न्याय सम्पादन सम्बन्धि प्रावधानहरुका बारेमा पुनर्ताजगी तथा प्रशिक्षण गराउने उद्देश्यले पुनर्ताजगी तालिम आयोजना गरीएको हो । तालिममा खाँडाचक्र नगरपालिकाका ११ वटा वडाका वडा अध्यक्ष साथै मेलमिलापकर्ताहरुले सहभागिता जनाएका छन् । तालिममा मेलमिलाप कर्ताहरुको काम, कर्तव्य र क्षेत्रअधिकारका बारेमा जानकारी गराउनुको साथै ग्रामिण क्षेत्रमा हुने हिंसा न्यूनिकरण र विवाद समाधान गर्न सकिने अवस्था तथा प्रकृयाको बारेमा मेलमिलाप कर्ताहरुलाई प्रशिक्षण दिइरहेको जनाइएको छ ।
आइतवार सम्म सञ्चालन हुने तालिममा सहभागीहरुलाई जिल्ला न्यायाधीस डोलनाथ न्यौपाने, अधिवक्ता अमलराज शाही, अधिवक्ता दमनराज बम, अधिवक्ता खडानन्द चौलागाई, अधिवक्ता सरीता बिश्वकर्मा लगाएतले सहजिकरण गरिरहनुभएको छ । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख धनजित बहादुर शाहीले व्यानर पढेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
सो क्रममा दुई दिने तालिमले सबैलाई न्यायको प्रत्याभुत गराउने तर्फ जोड दिने विश्वास दिलाउनुभयो । ‘मेलमिलापकर्ताहरुमा विवादको गाँठो फुकाउन सक्ने क्षमता हुनुपर्छ । विवादलाई वडामा समाधान गर्नु भनेको नागरिकको समय बचाइदिनु हो । खर्चमा वचत गरि दिनु हो । त्यसैले मेलमिलापकर्ताको कुरा सुनेपछि विवादका पक्ष विपक्षहरु मेलमिलापका लागि प्रोत्साहित हुनुपर्छ । समन्वय प्रमुख शाहीको भनाइ थियो ।
नगरप्रमुख कमल बहादुर शाहीले भन्नुभयो, विवाद निरुपण गर्दा रीति, थिति, विधि र प्रक्रिया पूरा गराउनु पर्छ ।
नगरपालिकाका उप प्रमुख तथा न्यायिक समिती संयोजक गणेश बहादुर शाहीको अध्यक्षतामा कार्यक्रम संचालन गरीएको छ ।