आज वृक्षरोपणको २० वर्षे महाअभियान शुरु

कालिकोट । सरकारले नेपालमा वृक्षरोपणको २० वर्षे महाअभियान शुरु गर्ने भएको छ। अन्तर्राष्ट्रिय वृक्षरोपण दिवसका अवसर पारेर शनिबार ‘सगरमाथा वृक्षरोपण महाअभियान २०२५(२०४५’ शनिबार शुरु हुन लागेको हो।महाअभियानको उद्घाटन ललितपुरको गोदावरीस्थित जिल्ला वन कार्यालय परिसरमा हुने भएको छ। शुक्रबार वन तथा वातावरण मन्त्रालयले पत्रकार सम्मेलन गरी वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले महाअभियानको शुरुवात गर्ने जानकारी दिएको हो।महाअभियान अन्तर्गत सङ्घ, प्रदेश र ७५३ वटा स्थानीय तहमा एकै साथ वृक्षरोपण हुने छ। त्यसका लागि सम्बन्धित प्रदेश तथा स्थानीय तहस्थित जिल्ला वन कार्यालयका नर्सरीमा निःशुल्क बिरुवा प्रदान गरिने छ। सङ्घ, प्रदेश र स्थानीय तहका सरकारी तथा सार्वजनिक, सामुदायिक तथा निजी खाली जग्गाहरूमा वृक्षरोपण गर्ने लक्ष्य रहेको मन्त्रालयले जनाएको छ । भिरालो तथा नदी किनारका खाली जग्गामा पनि वृक्षरोपण हुनेछ।महाअभियानका क्रममा नेपालको पूर्ण जनसङ्ख्या अनुसार ‘एक व्यक्ति एक बिरुवा पर्नेगरी हरेक वर्ष तीन करोड बिरुवा रोप्ने लक्ष्य राखिएको छ।

error: Content is protected !!