कालिकोट । जिल्लाको खाँडाचक्र नगरपालिकामा नगरपालिका स्तरिय सास्थ्य शिखर सम्मेलन सम्पन्न भएको छ । ईकोहिमाल नेपालको आयोजना तथा खाँडाचक्र नगरपालिकाको साझेदारीमा स्थानिय विद्यालयहरुमा अध्ययनरत किशोर किशोरीहरुलाई लक्षित गरी यौन तथा प्रजनन सास्थ्य शिखर सम्मेलन आयोजना गरीयको हो ।
पालिका स्तरीय किशोरी समुहकी अध्यक्ष सपना मल्लको सभाध्यक्षता, नगर(प्रमुख कमल बहादुर शाहीको प्रमुख आतिथ्यता, वडा नम्बर ९ का वडा अध्यक्ष विरजित बिष्टको बिशेस आतिथ्यता तथा न्यायिक समिति सदस्य बिनोद चौलागाई,शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख बलिराज शाही जनप्रतिनिधि, राजनितिक दलका प्रमुख एवं प्रतिनिधि,इकोहिमाल नेपालका कर्मचारी सम्पूर्ण बिद्यालयका शिक्षक, विधार्थी लगाएयतको उपस्थितिमा कार्यक्रम संचालन गरीएको थियो ।
कार्यकममा आज पहिलो दिन नगरपालिकाका ८ वटा माध्यामिक विद्यालयबाट करिब १ सय १९ जना भन्दा बढी किशोर किशोरीहरुको सक्रिय सहभागीता रहेको थियो । उक्त कार्यक्रममा प्रत्येक विद्यालयका किशोर किशोरीले बालबिबाह, महिनावारीको बेलामा गरिने बिबेध, छुवाछुत लगाएतका सामाजिक कु(पर्था झल्किने जनचेतना मुलक देउडा गित तथा सडक नाटकहरु प्रस्तुत गरेका थिय ।
किशोर(किशोरीमा हुने परिवर्तन, जोखिम, अधिकार र कर्तव्यबारे अभिभावक, शिक्षक तथा समुदायलाई पनि जागरुक बनाउने, यौन तथा प्रजनन स्वास्थ्य, पोषण, बिभिन्न सामाजिक कुरिटी कु( सस्कार लत तथा दुर्व्यसन जस्ता विषयमा जानकारी दिने,किशोर स्वास्थ्यमा इकोहिमाल नेपाल, विद्यालय, अभिभावक, स्थानिय सरकार तथा स्वास्थ्य संस्थाहरूबीच सहकार्य गर्ने वातावरण बनाउने उदेश्यले यौन तथा प्रजनन सास्थ्य शिखर सम्मेलन आयोजना गरीयको इकोहिमाल नेपालका कार्यक्रम अधिकृत भक्त बहादुर शाहीले जानकारी दिएका छन ।