कालिकोट । जिल्लाको सदरमुकाम मान्ममा आयोजित दोस्रो कालिकोट कप कर्णाली प्रदेश स्तरीय खुला डबल पुरुष ब्याटमिन्टन प्रतियोगिता उद्घाटन भएको छ । जिल्ला ब्याडमिन्टन संघ कालिकोटको आयोजनामा प्रदेश स्तरीय खुला बि लेभल ब्याडमिन्टन प्रतियोगिताको आज उद्घाटन भएको हो । जिल्ला व्याटमिन्टन संघ कालिकोटका अध्यक्ष विरेन्द्र शाहीको सभाअध्यक्षता जिल्ला समन्वय समितीका प्रमुख धनजित शाहीको प्रमुख आतिथ्यता तथा खाँडाचक्र नगरपालिका नगर प्रमुख कमल बहादुर शाही, नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र बहादुर विष्ट,प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई, प्रहरी प्रमुख डि.एस.पी टेक बहादुर रावत, व्याटमिन्टन संघ कर्णाली प्रदेश अध्यक्ष टक्क बहादुर शाही ,विभिन्न सरकारी तथा गैर सरकारी निकायका प्रमुख, कर्मचारी, सञ्चारकर्मी तथा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थितिमा प्रदेश स्तरीय खुल्ला डबल पुरुष ब्याटमिन्टन प्रतियोगिता उद्घाटन गरीएको छ ।
प्रतियोगितामा खुला पुरुष डबल्स र भेट्रान्स डबल्स ४५ वर्षमाथिका खेलाडीहरु सहभागि भएका आयोजकले बताएको छ । खुला पुरुष डबल्समा प्रथम हुनेले ५५ हजार ५ सय ५५, दोश्रो हुनेले ३० हजार ५ सय ५५, र तेश्रो हुनेले १५ हजार ५ सय ५५, भेट्रान्स पुरुष डबल्समा प्रथम हुनेले २० हजार ५ सय ५५, दोश्रो हुनेले १० हजार ५ सय ५५, र तेश्रो हुनेले ५ हजार ५ सय ५५,सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने संघका अध्यक्ष शाहीले जानकारी दिएका छन् । प्रतियोगीता यही जेष्ठ २९ गते सम्म संचालन हुनेछ ।