कालिकोट । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपाल घरेलु टोली स्कटल्यान्डसँग पराजित भएको छ।स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाल घरेलु टोली स्कटल्यान्डसँग दुई रनले पराजित भएको हो।३२४ रनको विशाल लक्ष्य पछ्याएको नेपाल निर्धारित ५० ओभरमा ३२१ रनमा समेटियो।नेपालका लागि भीम सार्कीले सर्वाधिक ७३ रनको योगदान दिए। उनले ८५ बलमा ८ चौकाको सहयोगमा ७३ रनको अर्धशतकीय इनिङ खेलेका हुन्। भीमले आरिफ शेखसँग मिलेर ९४ रनको साझेदारी गरे। शेख ५५ बलमा ५ चौकाको सहयोगमा ३९ रनमा आउट भए।त्यसैगरी उपकप्तान दीपेन्द्रसिंह ऐरीले ५१ बलमा २ चौकाको सहयोगमा ५६ रन जोडे। उनले सातौँ विकेटका लागि सोमपाल कामीसँग मिलेर १०५ रनको महत्त्वपूर्ण साझेदारी गरे।