कालिकोट । आईसीसी विश्वकप लिग टु मा नेपालले आज नेदरल्याण्डसँग खेल्दैछ।स्कटल्यान्डको डन्डीमा नेपाल र नेदरल्याण्डबीचको खेल नेपाली समय अनुसार आज अपरान्ह पौने ४ बजे सुरु हुनेछ। लिग २ मा अमेरिका र नेदरल्यान्ड्स शीर्ष टोली हुन्। त्यही नेदरल्यान्ड्ससँग नेपालले दोस्रो खेल खेल्नेछ।नेदरल्यान्ड्सको यस सिरिजको पहिलो खेल हो। नेपालले गत वर्ष घरेलु मैदानमा लिग २ को सुरुआत गर्दा १ खेलमा जित हात पारेको थियो भने अर्को खेलमा पराजित भएको थियो।