कालिको । आर्थिक वर्ष २०८१ ।८२ को वार्षिक कार्यक्रम अन्तर्गत जिल्लाको महावै गाउँपालिकाले पालिकालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको छ । जिल्ला खोप समन्वय समिति जिल्ला स्वास्थ्य सेवा कार्यालय कालिकोटको आयोजना तथा महावै गाउँपालिका खोप समन्वय समिति गैराखाडाको सजिकरणमा जिल्लाकै पहिलो स्थानीय तहको रुपमा महाबै गाउँपालिकालाई पूर्णखोप सुनिश्चिता तथा दिगोपना घोषणा गरिएको हो । पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रमले पालिकाका बालबालिकालार्ई सुरक्षीत स्वास्थ्यका क्षेत्रमा राहत पुगेको छ । गाउँपालिका अध्यक्ष खेम बहादुर सिंह (भिजन)ले समयमै आफ्ना पालिकाका बालबालिकालाई खोप सेवा प्रदान गरेकोमा स्वास्थ्य सेवा कार्यालय कालिकोट लाई धन्यवाद ज्ञापन गर्नु भएको छ । कार्यक्रममा स्थानिय सरकारका जनप्रतिनिधि , सरोकारवाला निकाय, साझेदारि संघसंस्था , पत्रकार , महिला स्वास्थ्य स्वयंसेविका र जिल्ला स्थीत स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।