कालिकोट । १६ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता सुर्खेतमा हुने भएको छ । नेपाल क्रिकेट सङ्घ ९क्यान० को आयोजना तथा कर्णाली प्रदेश क्रिकेट सङ्घको सह–आयोजनामा यही जेठ १९ देखि ३१ गतेसम्म प्रतियोगिता हुन लागेको हो ।प्रतियोगिता कालुन्चोक क्रिकेट मैदान र वीरेन्द्रनगर क्रिकेट मैदान गरी दुई ठाउँमा सञ्चालन हुनेछ । प्रतियोगितामा सात प्रदेशका सात वटा टिम सहभागी छन् ।