कालिकोटमा कर्णाली प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने ।

कालिकोट । जिल्लाको मान्ममा कर्णाली प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । आइतबार जिल्ला ब्याडमिन्टन संघले पत्रकार सम्मेलनको आयोजना गरेर आगामी जेष्ठ २७ गतेदेखि २९ गतेसम्म प्रदेश स्तरिय खुल्ला बि लेभल प्रतियोगिता हुने बताएको हो । प्रतियोगितामा खुला पुरुष डबल्स र भेट्रान्स डबल्स ४५ वर्षमाथिका खेलाडीहरुले सहभागि हुन पाउन आयोजकले बताएको छ ।

खुला पुरुष डबल्समा प्रथम हुनेले ५५ हजार ५ सय ५५, दोश्रो हुनेले ३० हजार ५ सय ५५, र तेश्रो हुनेले १५ हजार ५ सय ५५, भेट्रान्स पुरुष डबल्समा प्रथम हुनेले २० हजार ५ सय ५५, दोश्रो हुनेले १० हजार ५ सय ५५, र तेश्रो हुनेले ५ हजार ५ सय ५५,सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने संघका अध्यक्ष बिरेन्द्र बहादुर शाहीले बताएका छन् । उक्त पत्रकार सम्मेलन कार्यक्रममा पत्रकार महासंघ कालिकोटका अध्यक्ष भरतराज बिष्ट,प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य रत्न कार्की, ब्याडमिन्टन संघका प्रदेश समिति कोषाध्यक्ष भुपेन्द्र मल्ल सहित जिल्ला स्थित सम्पुर्ण संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

error: Content is protected !!