कालिकोट । गृहमन्त्री रमेश लेखकले शारीरिक तन्दुरुस्तीका लागि मात्र नभई मानसिक स्वस्थताका लागि पनि खेल आवश्यक रहेको बताएका छन्।गोदावरी नगरपालिकाको आयोजनामा हिजो नगरपालिका–१० टाहाखेलस्थित गोदावरी बहुउद्देश्यीय रङ्गशालामा दोस्रो उपत्यकाव्यापी अन्तरपालिका खुला गोदावरी मेयर कप फुटबल प्रतियोगिताको उद्घाटन गर्दै उनले खेलको विस्तारले युवा र खेलाडीको लगनशीलताका साथै लागुऔषध दुर्व्यसन घटाउँदै समाजलाई सभ्य, सुसंस्कृत र व्यवस्थित बनाउन सकिने धारणा राखे।