कालिकोट । नेपाल शिक्षक महासंघले कक्षा(१२ को परीक्षा केन्द्र परेको स्कुलका प्रधानाध्यापक र शिक्षकहरूलाई राष्ट्रिय परीक्षा बोर्ड तथा जिल्ला प्रशासन कार्यालयका पदाधिकारीबाट धम्कीसहित परीक्षा प्रक्रियामा सामेल हुन दबाब आएको भन्दै यसमा ध्यानाकर्षण भएको जनाएको छ। महासंघले आज विज्ञप्ति जारी गर्दै यस्तो जनाएको हो।महासंघले उक्त परीक्षामा कुनै पनि हालतमा सहभागी नहुन प्रधानाध्यापक र शिक्षकहरूलाई निर्देशन दिएको छ।‘२०८२ वैशाख ११ गते शुरू हुने भनिएको कक्षा(१२ को परीक्षा सञ्चालन गर्ने सम्बन्धमा केन्द्र परेको विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूलाई राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारी तथा जिल्ला प्रशासन कार्यालयका पदाधिकारीबाट परीक्षाको प्रक्रियामा सामेल हुन धम्कीसहित दबाब आएको कुराप्रति हाम्रो ध्यानाकर्षण भएको छ, विगत २१ दिनदेखि काठमाडौँमा व्यापक सहभागितासहित चलिरहेको शैक्षिक सडक आन्दोलनलाई बल दिँदै विद्यालय, विद्यार्थी र शिक्षकरकर्मचारी मैत्री ऐन जारी गराउने महाअभियानलाई अघि बढाउन यो परीक्षाको प्रक्रियामा कुनै पनि हालतमा सहभागी नहुन हामी सबै प्रधानाध्यापक, शिक्षक तथा विद्यालय कर्मचारीमा जोडदार आग्रह गर्दछौँ,’ विज्ञप्तिमा उल्लेख छ।