कालिकोट । गएराति परेको असिना पानीले जिल्लाको महावै गाउँपालिकामा गहुँ, फलफूल र तरकारी बालीमा क्षति पुर्याएको छ । डिल्लीकोट क्षेत्रमा असिनाले लाखौं रुपैयाँको फलफुल र गहुँमा क्षति पु¥याएको हो । काट्ने समय हुन लागेको गहुँमा असिना पर्दा काम नलाग्ने अवस्था भएको छ । गाउँपालिकाको वडा नम्बर २ ,३ , र ४ मा सवै भन्दा धेरै क्षति पु¥याएको वडा नम्बर ३ का अध्यक्ष पदम बहादुर सिंह(प्रशान्त)ले बताएका छन् । सो क्षेत्रमा लगाएको गहुँ ,फलफुलहरुमा स्याउँ,ओखर,आरु, र तरकारी असिनाले नष्ट गरेको छ । मेहनतले लगाएको खेती भित्र्याउने बेलामा असिनापानीले नष्ट पारेपछि कृषकहरु मारमा परेका छन् ।